गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:

गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन

सिरहा । गोलबजार नगरपालिका–२ गुरुधाममा निर्माण भइरहेको श्री शिव मन्दिर समितिको तदर्थ समिति आज एक औपचारिक भेलामार्फत गठन गरिएको छ। आज सम्पन्न उपभोक्ता भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ तदर्थ समिति गठन गरेको हो।

भेलाले रामकुमार महतोलाई अध्यक्ष, सिर्जना भुजेललाई उपाध्यक्ष, बिल्टु महतोलाई सचिव, मिठु गिरिलाई कोषाध्यक्ष र डल्ले तामाङ, कालिमाया बिक तथा सोमनि मगरलाई सदस्यका रूपमा चयन गरेको छ।

त्यस्तै समितिले सल्लाहकार समितिका रूपमा सुकदेव सिंह, सोनेलाल लामा र राजेन्द्र लामालाई चयन गरेको छ।

भेलामा सहभागी स्थानीयवासीहरूले नयाँ समितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। समितिले अब मन्दिरको समग्र व्यवस्थापन, निर्माण कार्य र धार्मिक गतिविधिलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।