अमलेखगञ्ज बाट अबैध पटाका प्रहरीको नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा असोज २६ गते।

अमलेखगञ्ज बाट अबैध पटाका प्रहरीको नियन्त्रणमा

। बारा प्रहरीले करिब १ लाख ७ हजार रुपैयाँ बराबरको अवैध प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान उक्त पटाका बरामद गरेको हो।

प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएका विभिन्न किसिमका प्रतिबन्धित पटाका नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको पटाकाको अन्दाजी मूल्य १ लाख ७ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको पटाका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।