स्पर्श खबर जितपुर बारा असोज २६ गते।
आज सुवर्ण गाउँपालिकामा रहेका GEN–Z युवाहरू द्वारा गाउँपालिकामा देखिएका विभिन्न अनियमितता र भ्रष्टाचार विरुद्ध जिल्ला प्रशासन कार्यालय, बारा का प्रमुख जिल्ला अधिकारी श्री प्रकाश पौडेल ज्यू लाई ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्रमा सुवर्ण गाउँपालिकाभित्र देखिएका अनियमिता, भ्रष्टाचार, अपारदर्शिता, जवाफदेहिताको अभाव, सार्वजनिक सम्पत्तिको निजीकरण र दुरुपयोग लगायतका गम्भीर विषयहरू उठाइएको छ।
त्यसैगरी, विजय दशमीको राति गाउँपालिका कार्यालय खोली मेयरका आफन्तहरूद्वारा गरिएको अश्लील हर्कत सम्बन्धी घटनाको पनि तीव्र विरोध गर्दै, सो घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र अनुसन्धान गरी कानूनी कारबाही गर्न माग गरिएको छ।
GEN–Z युवाहरूले सार्वजनिक सम्पत्तिको रक्षा, सुशासन र जवाफदेहिताको सुनिश्चितता गर्न प्रशासनलाई ठोस कदम चाल्न आग्रह गरेका छन्।


