एमाले नेता पौडेलको स्मरण : पंचायती कालमा सामन्तीलाई कालोमोसो

शोशणको कथा, सामन्तीलाई कालोमोसो::
पंचायती कालमा सामन्ती ठालुहरूको जगजगी थियो । सर्व साधारण जनताको कहि पनि हिसाव किताव हुदैन थियो । आम नेपाली जनतालाई उनिहरूको नैसर्गिक अधिकार एउटा नागरिकता लिन पनि मुस्कील हुन्थ्यो । नागरिकता कै लागी अनेकसंग दशतिर भौतारिदै हजुरी गर्दै हिड्नु पर्थ्यो । ठाउ ठाऊमा सामन्ती ठालुहरूलाई ढोगभेट गर्नु पर्थ्यो । तर ठालु हरूको लागी भने राम राज्य थियो । उनिहरू किसानहरुको र सरकारको जग्गा जमिन समेत सिधै दर्ता गरेर खाई दिन्थे ।

२०४२ सालको कुरा हुनु पर्छ । रौतहट जील्लाको हिमालीवास गाउको करिव ७\८ विगाह भन्दा वढि जमिन एउटा ठालुले त्यसै खाने व्यवस्था मिलाएछन । तत्कालीन लक्ष्मीनिया गाऊ पंचायत रागी वस्ने वासुदेव उप्रेतीले आफ्नै छिमेकी गाऊ हिमालीवास निवासी रत्न बहादुर श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, बिष्णु नेपाल, गिरिराज कोइराला, आसमान तामाङ, गणेश बहादुर श्रेष्ठ, गौरी बहादुर श्रेष्ठ समेत ८\९ जना गरिव किसान परिवारले जोती आएको घर जमीन र केही सार्वजनिक पर्ती समेत गरी ७\८ विगाह जग्गा नक्कली कागज तयार गरी आफ्नो नाममा दर्ता गरी भ्याएछन ।

यो घटनाले त्यहाका गरिव जनतामा एक किसीमको आतंक छायो । कतिपय गरिवहरूको घरवास नै उठ्ने स्थीती भो । आफ्नो जग्गा हक न अधिकार, न जोत न पोत अरूले दर्ता गरेको थाहा पाउदा कसलाई रिस उठ्दैन र । हिमालीवास गाऊ अलीकती सचेत गाउ पनि हो । त्यहाको चेतना स्तर अरू गाऊ को भन्दा अली माथी थियो । झापा आन्दोलनमा भएको दमन पस्चात भूमीगत भएर लुक्दै आएका मुकुन्द नेउपाने लामो समय सेल्टर लिएर वसेको गाऊ हो हिमालीवास । त्यही सुन्दर गाऊका गरिव जनताको वसोवास माथी वासुदेव उप्रेतीले धावा वोलेका थिए । सामन्ती सोचका धनी वासुदेव उप्रेतीको अन्याय पूर्ण कुकृत्यको खवरले हामी सवै लाई आक्रोशित वनाएको थियो । आफ्नो घरबारी पराईले दर्ता गरेर खान थालेको सुने पछि पिडीत किसानहरू त आक्रोशित हुनु स्वभाविक हो ।

पार्टी र हामीहरू विचमा यो समस्याले प्रवेश पायो । यो समस्यालाई मुद्दा वनाएर व्यापक छलफल भयो । गरिव जनताको जग्गा दर्ता प्रकरणलाई समाधान गर्न वृहत छलफल राख्ने कुरा भयो । छलफलवाट समस्या समाधान हुन सकेन भने कार्वाही गर्ने समझदारी भयो । २०४२ सालको वैशाख हुनु पर्छ हिमालीवास गाऊको शिव वहादुर श्रेष्ठको घरनजिकै रहेको सामुदायीक भवनमा छलफल गर्न सवैलाई वोलाउने कुरा तय भयो । गरिव जनताको जग्गा तत्काल फिर्ता गर्नु पर्छ भन्ने हाम्रो प्रष्ट कुरा थियो ।

जनताको घरवास सहितको जग्गा जमिन फिर्ता गर्न अटेर गरे कार्वाही गर्ने कुरा छदै थियो । सरोकार वाला सवै आई पुगे । छलफलमा विपक्षी वासुदेव उप्रेती पनि आईपुगे । दुवै तर्फबाट गर्मागरम तर्क वितर्क र वहस भयो । ठालु वासुदेव उप्रेती अली कती पनि गलेनन । उनले गाउले किसानहरूलाई कानुनी प्रकृयावाट आऊन चुनौती दिए । आफुलाई सरकारले जग्गा दिएकोले सरकार संग लड्नको लागी धमास दिए । अन्यथा चलन चल्तीको मुल्यमा खरिद गर्नु पर्ने कुरावाट टसमस भएनन् । अनेक तरिकाले फकाई फुल्लाई गरेर सम्झाउदा पनि सामन्ती वासुदेव उप्रेती मानेनन ।

कुनै उपाय नलागेपछि अव कार्वाही गर्ने कुरा भयो । किसान हरूले सामन्ती वासु देव उप्रेतीलाई ठुलो पिङ हाल्ने डोरीले वाध्ने काम गरे । उनले गरिवको जमिन हड्पेको, उनिहरूको परिवारलाई दुख दिएको, ठग्ने काम गरेको र घरवास उठाई पशुवत् व्यवहार गरेकोले नरपशुको संज्ञा दिएर घॅास हाल्ने कुरा भयो । उनलाई ठुलो डोरीले वाधेर घरको धुरीमा भएको विममा तलमाथी गरियो । डर पैदा गर्न खुव पिङ खेलाईयो । अगाडी घास र पछाडी गोवर राखेर डंका पिटीयो । जति गरेपनि सामन्ती वासुदेव उप्रेती अलीकती पनि गलेनन् ।

साराका सारा गाऊलेहरू रातभरी कुरेर वसे । कसैको केही शिप चलेन । ठगहरू कती चाम्रा, निर्लज्ज र ढिठ हुदा रहेछन । वासुदेव उप्रेतीले त्यसको नमुना प्रदर्शन गरे । साथीहरूले उनीवाट जमिन छोडेको छोडपत्रको कागज गराउने कोशिश गरे । त्यसमा पनि सफल भएनन । सामन्ती वासुदेव उप्रेती यती धेरै जड रहेछन कि उनी कुनै हालतमा गलेनन । एउटा जाली फटाहामा हुनु पर्ने सम्पूर्ण गुण उसमा थियो । कुनै पनि उपायबाट उसलाई गलाउन सक्ने स्थीती देखीएन ।

अव उनलाई कार्यवाही स्वरूप भोली पल्ट विहान कालो मोसो दलेर , जुत्ताको माला लगाएर पुरा गाऊ घुमाउने कुरा भयो । भोलो पल्ट विहानै गाऊले भेला भयो । गाऊभरीका किसान हरूले उनलाई जुत्ता जम्मा गरेर माला वनाएर लगाउने काम भयो । उनको अनुहारमा मज्जाले कालो मोसो दलेर रंगीन वनाईयो । त्यस पछि केहीले अगाडीवाट घास लीएर वोलाउने र पछाडीवाट उसका कर्तुत वताउदै नारा लगाएर गाउ घुमाउने काम सम्पन्न भयो ।

यहा सम्म त ठिकै थियो । अन्तीममा ठालु स्थानीय समाजले तोकेको मुल्यमा जग्गा दिन तयार पनि भएको थियो । कालो मोसोको घट्ना पछि उ भागेर कालो मोसो सहित सदरमुकाम गौर पुगेछ । सदरमुकाम गौर स्थीत जील्ला प्रहरी कार्यालयमा गएर मलाई समेत मूख्य अभियुक्त वनाएर चार चार वटा मुद्दा दर्ता गरेछ । जवर्जस्ती करकाप गरेको, गाली वेईज्जती गरेको अनी लुटपिट तथा कुटपिट गरेको भनी तिन तिन वटा मुद्दा दर्ता गर्न भ्याएछ । जिल्ला प्रशासन कार्यालय गौरमा सार्वजनिक अपराध सम्बन्धी चारवटा मुद्दा पनि दर्ता भएछ ।

एउटै घट्नामा हामी माथी चार चारवटा मुद्दा लगाउने काम गरेछ । साथीहरूको भागाभाग लुकालुक भयो । १\२ जना साथीहरूलाई पक्रेर लाने काम पनि गरेको सुनियो । मेरो घरमा पटक पटक पुलीस आएर खोजतलास गर्ने गरेको थियो । लामो समय सम्म हामीलाई प्रहरी प्रशासनले तङ्ग गर्ने काम गर्यो । यसरी त्यस घट्नामा म सहित अच्युत मैनाली, गोकुल प्रसाद निरौला, प्रदीप निरौला, रत्न बहादुर श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, गिरिराज कोइराला, बिष्णु नेपाल, आसमान तामाङ, चक्र बहादुर पाण्डे, कौशल कुमार पाण्डे, हरि तिमल्सिना, रिषिराम तिमिल्सिना, शान्ति ढुङ्गाना सहितका स्थानीय जनताहरूलाई मुद्दा लगाउने काम गर्यो ।

यो मुद्दा मेरो जीवनमा आएको तेश्रो मुद्दा थियो । मैले दाजु संग अंश मुद्दा लडिन लडेको भए फाईदा पनि हुन सक्थ्यो । म चाही मु