छिपहरमाइ गाउँपालिकामा झडप, गोली लागि एक युवा घाइते

स्पर्श खबर जितपुर बारा असाेज ९ गते:

पर्सा जिल्लाकाे छिपहरमाई गाउँपालिका वडा ५ भिस्वामा झडपका क्रममा गोली लागी एक युवा घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिका निवासी करिब १६ वर्षीय गोलु आलम धुनिया रहेको प्रहरीले जनाएको छ।

​बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक क्षेत्रमा दुई समूहबीच विवाद हुँदा गोली चलेको र त्यस क्रममा आलमको तिघ्रामा चोट लागेको बताइएको छ।

​उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

​घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। गोली कसले र किन प्रहार गर्‍यो भन्ने विषयमा प्रारम्भिक चरणमा ठोस विवरण नखुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ