इलाका प्रहरी कार्यालयको संरक्षणमा बालुवा तस्करीको आरोप
मनोज शाह, जितपुर बारा, भाद्र १९ गते।
परवानीपुर गाउँपालिका–१ मा रहेको इलाका प्रहरी कार्यालय बुनियादको मिलो मतमा बालुवा तस्करी चलिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। दुधौरा खोलाबाट बालुवा बोकेर ल्याइने ट्याक्टर प्रहरीले नगद घुस लिएर पास गराइदिने गरेको उनीहरूको दाबी छ।
स्थानीयका अनुसार, प्रत्येक ट्याक्टरलाई प्रहरीले ५० रुपैयाँ घुस लिएर सहजै छाड्ने गरेका छन्। अवैध उत्खनन गरेर ल्याइने ट्याक्टरहरू प्रहरी कार्यालयकै अगाडि भएर गुज्रिए पनि प्रहरी भने आँखामुनि पर्दा पनि मौन बस्ने गरेको उनीहरूको गुनासो छ।
यसबारेमा बुझ्दा इलाका प्रहरी कार्यालय बुनियादका प्रमुख दीपक बस्नेतले भने, “हामीले कुनै पनि रकम लिने गरेका छैनौँ। स्थानीयको आरोप आधारहीन छन्,” भनेर दाबी गरे।


