कलाकार किरण शाह धरौटीमा रिहा
मनाेज शाह जितपुर बारा भदौ २० गते:
खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमा धम्की दिएको कसुरमा पक्राउ परेकी कलाकार किरण शाह बिहिबार धरौटीमा रिहा भएकी छन्। मन्त्री यादवलाई फोन मार्फत धम्की दिएकी कलाकार किरण शाहलाई मन्त्रीका निजी सचिव शनिबार पक्राउ गरेको थियो। कलाकार किरण शाहलाई प्रसाद जिल्ला अदालतले आज पाँच हजार धरौटीमा रिहा गर्ने आदेश दिएसँगै धरौटीमा बुझाएर शाह रिया भएकी हुन् । पार्सा जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीमाथि मन्त्रीलाई धम्की दिएको विद्युतीय अपराध गरेको र झुठो अफुवा फैलाएको भन्दै तीनवटा मुद्दामा पर्सा प्रहरीमा जाहेरी दर्ता गराएको पनि सो मुद्दालाई सरकारी वकिलले विद्युतीय अपराध सम्बन्धी कसुरबन्धी पर्सा जिल्ला अदालतमा एउटा मात्र अभियोग दर्ता गराएको थियो । त्यसमै आज थुन्चेक बहस भएपछि धरौटीमा छोड्न आदतले आदेश दिएको हो।


