जितपुरसिमरा उपमहानगरपालिका वडा न.३रामबन निवासी नेकपा एमालेका सदस्य तथा समाजसेवी गणेश बहादुर श्रेष्ठको श्रद्धाञ्जली सभा आज रामवनमा सम्पन्न भएको छ।
लामो समय सामाजिक क्षेत्रमा काम गर्नुभएका श्रेष्ठ एमाले वडा कमिटी सदस्य टोप बहादुर श्रेष्ठका पिता हुनुहुन्थ्यो । श्रेष्ठको यही श्रावण १५ गते निधन भएको थियो ।
नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै पौडेलले श्रेष्ठको योगदानको चर्चा गर्नुभएको थियो। वडा कमिटीका अध्यक्ष शुक्रबहादुर श्रेष्ठको सहजीकरणमा सम्पन्न श्रद्धाञ्जली सभामा एमाले प्रदेश सचीवालय सदस्य सुन्दर बिक, प्रदेश सभा सदस्य देवनारायण चौधरी ,उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जितपुरसिमराका अध्यक्ष त्रिलोक शाह ठकुरी, कृष्ण खनाल, अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
नेकपा एमालेका सदस्य गणेश बहादुर श्रेष्ठको श्रद्धाञ्जली


