जितपुर बजारमा रक्षा बन्धन पर्वकाे राैनक बढयाे
मनाेज शाह जितपुर बारा साउन २३ गते :
हिन्दुहरूको महान पर्वको रूपमा रहेको रक्षाबन्धन पर्वको राैनक बढेको छ। यो पर्वको अवसरमा जितपुरसिमरा नै पर्वको रमजम सुरु भएको हो। बाराको जितपुरसिमरा राजधानी समेत रहेको जितपुर बजारमा मात्र राखेका सयौं अस्थायी पसल खुलेपछि रक्षाबन्धन पर्वको राैनक देखिएको छ। रक्षा बन्धन पर्वका लागि व्यवसायीहरूले भारतको दिल्ली कलकत्ता पटना बनारस राैक्सलको लगायत स्थानबाट राखी किनेर ल्याएका छन्। जितपुर बजारमा रु. ५ देखि लिएर ५०० सम्मको राखी बिक्री भइरहेको जितपुर का स्थानीय व्यापारी रामकृष्ण गुप्ताले बताए व्यापारीहरूले एक हप्ता पहिला नै राखी किनेर ल्याएका थिए। विगत एक दिनदेखि जितपुर बजारमा राखीको बिक्री वितरण सुरु भएको उनले बताए एकजना राखी व्यवसायीले रक्षाबन्धन पर्वको एक दिन अगाडि ५० हजारदेखि लिएर १ लाख रुपैयाँसम्मको बिक्री हुने गरेको उनले भनाइ छ। दाजुभाइको लामो आयोगका कामना गर्दै दिदीबहिनीहरूले दाइभाइको हातमा रक्षा सुत्र राखी बाँध्ने गर्छन्। माइत आउन नसकेका भाइबहिनीहरूको घरमा पुगेर नै दाईभाइले बहिनीबाट राखी बाँध्ने चलन छ।