रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौंं,असार ८-

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् । सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी-२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागे