मानव सेवा आश्रममा कराते सञ्चालन

मानव सेवा आश्रममा कराते सञ्चालन

रन्जित चाैधरी, जितपुर बारा, असार ८ गते:

हेटौंडाको मानव सेवा आश्रममा रहेका बालबालिकाहरुको आत्मरक्षा सीप विकास तथा शारीरिक एवम् मानसिक विकासका लागि सितोरियो कराते प्रशिक्षण प्रदान गरिने कार्यक्रमको उदघाटन गरियो । उक्त कार्यक्रमको समुद्घाटन स्वर्गीय नरेन्द्र श्रेष्ठ ( मकवानपुर जिल्लाका कराते प्रशिक्षक) को दाजु सुरेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो । सुरेन्द्र कुमार श्रेष्ठ मधेस प्रदेशका प्रबिधिक प्रमुख एवम तालिम तथा प्रशिक्षण केन्द्रका उप निर्देशकसमेत हुन् ।

उक्त अवसरमा मकवानपुर जिल्लाका प्रशिक्षक मुकुन्दमान श्रेष्ठ तथा स्वयम् सेवक प्रशिक्षक नारायण थपलियाको पनि उपस्थिति रहेको थियो । खेलकुदबाट पनि बालबालिकाहरुको भविष्य सुधार्न सकिन्छ भन्ने अभिप्रायले यो खेल सन्चालन गरिएको मानव सेवा आश्रमले जानकारी दिएको छ । स्वर्गीय नरेन्द्र श्रेष्ठको चाहना अनुरुप यो प्रशिक्षण कार्य अघि बढाइएको र छिटै ४५ औं दिन को अवसर पारेर स्वर्गीय नरेन्द्र श्रेष्ठ स्मृति मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगिताको आयोजना गरिने जानकारी गराइएको छ ।