रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश

रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश

मनोज शाह जितपुर बारा माघ २४ गते:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पंडित तथा रास्वपा नेता श्याम बाबु पाण्डेयले रास्वपा परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।
एक कार्यक्रमका बीच उनीहरूलाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले स्वागत गर्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता कायम गर्नुका साथै हिन्दू राष्ट्र स्थापनाको लक्ष्यसहित राष्ट्रिय एकता दल रोजेको स्पष्ट पारे। उनीहरूले आगामी दिनमा पार्टीको संगठन विस्तार, जनताको हकहित र राष्ट्रहितका पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय एकता दलका नेताहरूले दीपक पंडित र श्याम बाबु पाण्डेयको प्रवेशले बारा क्षेत्र नं. ४ मा पार्टी संगठन थप सशक्त बन्ने विश्वास व्यक्त गरे। उनीहरूको प्रवेशले पार्टीलाई नयाँ ऊर्जा र जनसमर्थन थपिने नेताहरूको भनाइ थियो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।