जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो

जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो

मनोज शाह जितपुर बारा माघ २२ गते:
बारा जिल्ला क्षेत्र नम्बर ४ का नेकपा एमाले पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री किसान श्रेष्ठ जितपुरका युवा व्यापारी र आम जनतामाझ पुगेर मत माग्दै सक्रिय देखिएका छन्।

घरदैलो र प्रत्यक्ष भेटघाटमार्फत श्रेष्ठले युवाको रोजगारी, व्यापार–व्यवसाय प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरण आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।
जितपुरका युवा व्यापारीहरूसँगको संवादमा उनले उद्योग–व्यवसायका लागि सहज कर्जा, बजार विस्तार, कर प्रणाली सरलीकरण र सीपमूलक तालिममार्फत आत्मनिर्भरता बढाउने प्रतिबद्धता व्यक्त गरे। “युवाले देशमै अवसर पाउनुपर्छ, त्यसका लागि नीति र व्यवहार दुवै सुधार आवश्यक छ,” श्रेष्ठको भनाइ थियो।
स्थानीय युवाहरूले पनि एमालेको आर्थिक विकास केन्द्रित एजेन्डाप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार अनुभव र कार्यक्षमताका कारण किसान श्रेष्ठप्रति आकर्षण बढेको छ। जितपुर क्षेत्रमा चुनाव नजिकिँदै जाँदा एमालेको जनसमर्थन क्रमशः सुदृढ हुँदै गएको देखिन्छ।