बारा–३ मा ज्वालाकुमारी शाहको जनलहर, एमालेको चुनावी अभियान तीव्र

बारा–३ मा ज्वालाकुमारी शाहको जनलहर, एमालेको चुनावी अभियान तीव्र
मनोज शाह जितपुर बारा माघ २१ गते:
बारा जिल्ला क्षेत्र नम्बर ३ मा नेकपा एमाले पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनलहर बढ्दै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले बारा क्षेत्र नम्बर ३ ले चुनावी अभियानलाई थप तीव्र बनाएको छ।
कलैया, पकडिया, मजलिया, रामटोल, मुस्लिटोल, कुशवाहाटोल र श्रीपुर लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार शाहले जनतासँग प्रत्यक्ष भेटघाट गरी भोट मागेकी छन्। स्थानीय जमुर्दिन मियाले विकास, सुशासन र राष्ट्रिय एकताको लागि नेकपा एमालेको विजय अपरिहार्य रहेको बताए।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सुवेदी, बारा जिल्ला अध्यक्ष अध्ययनन पाण्डे, कलैया उपमहानगरपालिकाका मेयर विनोद कुमार शाह, समुला, अशोक तिवारी, अमृत शर्मा लगायतका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेताहरू जनतासँग रमाउँदै भोट माग्दा स्थानीयवासीहरू उत्साहपूर्वक सहभागी भएका थिए। जनताको बढ्दो समर्थनले बारा–३ मा नेकपा एमालेको चुनावी माहोल थप बलियो बन्दै गएको देखिएको छ।