दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?
मनाेज शाह जितपुर बारा माघ १९ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित हाइवे रोड आज मृत्युको बाटो बन्दै गएको छ। पोलमा बत्ती जडान गरिएको छ, संरचना पूरा छ, तर बत्ती बल्दैन। यही अँध्यारो सडकमा दिनहुँजसो साना–ठूला दुर्घटना भइरहेका छन्। प्रश्न उठ्छ—यसको जिम्मेवारी कसले बोक्छ?
निर्वाचनको मुखमा बारा जिल्ला क्षेत्र नम्बर ४ मा विभिन्न पार्टीहरूले उम्मेदवारको लाइन लगाएका छन्। विकास, समृद्धि र उज्यालो भविष्यका भाषणले चोक–चोक भरिएको छ। तर जितपुरको मुख्य हाइवेमा जडान गरिएका बत्तीहरू केही दिनदेखि नबल्नुको सवालमा सबै उम्मेदवारहरू मौन छन्।
“तपाईंहरू यही हाइवे भएर दिनहुँ ओहोरदोहोर गर्नुहुन्छ। दुर्घटना देख्नुहुन्न? अँध्यारो देख्नुहुन्न? कि देखेर पनि नदेखेझैँ गर्नुभएको हो?”
स्थानीय आस्थानी युवा राम प्रवेश शाह ले उम्मेदवारहरूप्रति आक्रोश पोख्दै भने।
उनले विशेषगरी जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल तर्फ सीधा प्रश्न तेर्स्याए—
जितपुरका जनताले कर तिर्दैनन्? के हामी मेयर साहबको क्षेत्रभित्र पर्दैनौं? तपाईं यही सडक प्रयोग गर्नुहुन्छ, यही बाटो भएर हिँड्नुहुन्छ। दिनहुँ दुर्घटना भइरहेको थाहा हुँदाहुँदै पनि बत्ती नबल्नुमा तपाईंलाई लाज लाग्दैन?
स्थानीयहरूका अनुसार सडक बत्ती नबल्नु सामान्य समस्या होइन, यो जनताको ज्यानसँग जोडिएको विषय हो। अँध्यारोका कारण पैदलयात्री, विद्यार्थी र सवारी चालक सबै जोखिममा छन्। दुर्घटना भोलि भयो भने जिम्मेवारी कसले लिन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।
विकासका नाराभन्दा पहिले जनताको सुरक्षा र उज्यालो सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। चुनावी भाषण होइन,