ज्वाला शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्त


ज्वालाकुमारी शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्त
मनाेज शाह जितपुर बारा माघ १९ गते:
बारा क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहलाई विजयी गराउन महिलाहरू एकजुट भएका छन्।

जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनसर मन्दिरमा नेकपा एमालेको वडा भेला तथा उम्मेदवार कमरेड ज्वालाकुमारी शाहसँग कार्यकर्ता अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय महिला, युवा, पुरुष तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। पूर्वमन्त्रीसमेत रहेकी उम्मेदवार ज्वालाकुमारी शाह जनजनको मनमनमा बसिसकेको बताउँदै स्थानीय महिला नेत्री रिमा श्रेष्ठले भनिन्, “उहाँप्रति जनताको भरोसा गहिरो छ, महिलाहरूको साथ र समर्थन दिनप्रतिदिन झन् सशक्त बन्दै गएको छ।


नेकपा एमाले क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनालीले पार्टीको चुनावी अभियान गाउँ–गाउँ, टोल–टोल, वडा–वडामा व्यापक रूपमा फैलिएको उल्लेख गर्दै भने, “आज चारैतिर एउटै आवाज सुनिन्छ—सूर्य जित्यो भने देश बन्छ, नेकपा एमाले जित्यो भने देश बन्छ। यो सन्देश जनतामाझ अझ बलियो गरी पुर्‍याउन सबै जुट्नुपर्छ।”
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सुवेदीलगायत नेताहरूको उपस्थिति रहेको थियो। साथै अतिथिका रूपमा जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अर्देउ खरेलको समेत सहभागिता रहेको थियो।
नेताहरूले संगठन सुदृढीकरण, घरदैलो अभियान र जनसम्पर्कलाई अझ तीव्र बनाउँदै बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उत्साह, एकता र संगठनात्मक मजबुतीका साथ सम्पन्न यस कार्यक्रमले क्षेत्र नम्बर ३ मा एमालेको चुनावी माहोल थप बलियो बन्दै गएको स्पष्ट संकेत दिएको छ।