दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियान

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियान
स्पर्श खबर जितपुर बारा माघ १६ गते:
नेकपा एमाले पार्टीका दलित अगुवा तथा युवा नेता सुन्दर विश्वकर्मा यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्। टोल–टोल, गाउँ–गाउँ र सहर–सहर पुगेर उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेकपा एमाले पार्टीलाई जिताउने अभियानलाई तीव्र बनाएका छन्।
दलित समुदायलाई एकमुष्ट बनाउने उद्देश्यसहित अगाडि बढेका विश्वकर्माले जनसम्पर्कका क्रममा पार्टीको नीति, कार्यक्रम र दलित हितका एजेन्डाबारे जानकारी गराइरहेका छन्। “दलित समुदायको अधिकार, सम्मान र समृद्धिका लागि एमाले नै भरोसाको पार्टी हो,” भन्ने सन्देश उनले घरघरमा पुर्‍याइरहेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीय दलित अगुवा, युवा तथा बुद्धिजीवीहरूसँग छलफल गर्दै विश्वकर्माले संगठन सुदृढीकरणमा जोड दिएका छन्। उनले दलित समुदायको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्दै पार्टीलाई बलियो बनाउने संकल्प व्यक्त गरेका छन्।
उनको सक्रियता र निरन्तर जनसम्पर्क अभियानले दलित समुदायमा उत्साह थपिएको छ भने नेकपा एमाले पार्टीप्रति विश्वास झन् मजबुत हुँदै गएको स्थानीयको भनाइ छ।