शहिदको सम्मान, सपनाको संकल्प
मनोज शाह जितपुर बारा माघ १६ गते
“शहिद मुखलाल महतो–अमर रहुन ! शहिदहरूको सपना साकार पारौँ !” भन्ने नारासहित नरही चोकमा शहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरिएको छ। कार्यक्रममा शहिद परिवारका सदस्य गौरी शंकर महतो र शहिदका सहयोध्दा रामचन्द्र गिरीलाई सम्मान गरियो।
कमरेड पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता तथा क. रिखि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार क. ज्वाला साह र क. वलवीर चौधरी, प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ, पार्टी अध्यक्ष क. अध्यानन्द पाण्डेलगायत नेताहरूको उपस्थिति थियो।
पार्सा जिल्ला क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्व कृषिमन्त्री ज्वाला शाहले शहिद र अग्रजहरूको योगदानलाई सम्मान गर्ने संस्कार पार्टीले निरन्तर कायम राख्ने बताउनुभयो।
शहिदको सम्मान, सपनाको संकल्प


