शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्री

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्री
मनोज शाह जितपुर बारा माघ १६ गते।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले आफ्नो कार्यक्षेत्रभित्र रहेका जनतालाई शान्ति सुरक्षा प्रदान गर्नु आफ्नो प्रमुख कर्तव्य भएको बताएका छन्। उनले निर्वाचनका क्रममा कुनै पनि व्यक्ति, सङ्घ–संस्था वा राजनीतिक दलले कानुन विपरीत गतिविधि गरेमा कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे।
प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, “जनताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। निर्वाचनका नाममा हुने कुनै पनि गलत गतिविधिमा सम्झौता हुँदैन।” उनले सबैलाई कानुनको पालना गर्न आग्रह गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न प्रहरी सदैव प्रतिबद्ध रहेको जानकारी दिए।