मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियान
स्पर्श खबर जितपुर बारा माघ १६ गते।
मर्यादित सहकारी, सुमन्त समाज भन्ने नारासहित जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा स्थित समुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले श्मशानघाट सरसफाइ अभियान सञ्चालन गरेको छ।
संस्थाका सचिव शम्भुरामको अगुवाइमा जितपुरस्थित लालगापुल नजिक रहेको श्मशानघाटमा आज सरसफाइ कार्यक्रम गरिएको हो। लामो समयदेखि उचित व्यवस्थापन नहुँदा फोहोर र झाडीले ढाकिएको श्मशानघाटलाई सफा गर्दै सहकारीले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा स्थानीय शरण गुप्ताले श्मशानघाटको महत्वबारे बोल्दै भने, “यो सानो तर अत्यन्तै महत्वपूर्ण काम हो। समाजमा जो–कोहीको मृत्यु भए पनि अन्तिम गन्तव्य यही श्मशानघाट हुन्छ। त्यसैले यसलाई सफा र व्यवस्थित राख्नु सबैको दायित्व हो भन्ने सोचका साथ हामीले यो अभियान सुरु गरेका हौं।”
स्थानीयको सहभागिता रहेको उक्त अभियानले समाजसेवा र सहकार्यको भावना बलियो बनाएको सहभागीहरूको भनाइ छ। सहकारी संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक र सरसफाइसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियान


