प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णय

प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णय
मनोज शाह जितपुर बारा माघ १६ गते
प्रेस चौतारी नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ को बैठक सिम्रामा सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठलाई विजय गराउन कुनै पनि कसर बाँकी नराखी सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ।
बैठकले प्रेस चौतारीसँग आबद्ध सञ्चारकर्मी तथा नेता–कार्यकर्ताहरूलाई उम्मेदवारसँग समन्वय गर्दै जिम्मेवार र तथ्यपरक ढंगले समाचार संप्रेषण गर्न निर्देशन दिएको छ। निर्वाचनको संवेदनशील समयमा अनुशासित, निष्पक्ष र संगठनको नीति तथा मापदण्डअनुसार सञ्चार भूमिका निर्वाह गर्नुपर्नेमा बैठकले विशेष जोड दिएको छ।
बैठकमा प्रेस चौतारी नेपालका प्रदेश सचिव दिवाकर भण्डारी, प्रेस चौतारी नेपाल बारा जिल्ला अध्यक्ष थानेश्वर सापकोटा, प्रेस चौतारीका पूर्व मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारीलगायत सञ्चारकर्मीहरूको भव्य र सभ्य उपस्थिति रहेको थियो।