सहनीमाथि चक्कु प्रहार गरेको आरोपमा अन्सारी पूर्वपश्चका लागि कारागार चलान

सहनीमाथि चक्कु प्रहार गरेको आरोपमा अन्सारी पूर्वपश्चका लागि कारागार चलान
स्पर्श खबर जितपुर बारा माघ १६ गते।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा पूर्व वडा अध्यक्ष जटा संघर्ष अनिका छोरा रविनकुमार शनिमाथि भएको चक्कु प्रहार घटनामा सलनता अभियुक्त इन्चार्ज अन्सारीलाई बारा जिल्ला अदालतले पूर्वपक्षका लागि कारागार चलान गरेको छ। बारा जिल्ला अदालतको इजलास नम्बर ५ का न्यायाधीश नरेन्द्रबहादुर बुढाको इजलासले आज कलैया उपमहानगरपालिका ५ बरेवा टोल निवासी अन्सारीलाई पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। पीडितका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ परेका अन्सारीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो उहाँका अनुसार अनुसन्धान सम्पन्न गरी अदालतमा पेश गरिएपछि अभिव्यक्तिलाई कारागार चलान गरिएको हो। प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार अन्य फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका ४ स्थित कलैया गाउँमा आफ्नै घर अगाडि पुस १९ गते शनिबार साँझ शहनी माथि चक्कु प्रहार गरी अभियुक्त मोटरसाइकल छोडेर फरार भएका थियो ।