निर्वाचनको मुखमा युवाको आकर्षण बढ्दै, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश
मनाेज साह जितपुर बारा माघ १४ गते
निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी युवाहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा स्थानीय युवा राजन सुनारले नेकपा एमाले सुख–दुःखमा साथ दिने पार्टी भएको उल्लेख गर्दै भने, “जनताको पीडामा साथ दिने पार्टी एमाले नै हो, र हाम्रो रोजाइ किसान श्रेष्ठ नै हुन्। त्यसैले हामी एमालेमा प्रवेश गरेका हौं।”
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले सबै जातजाति, धर्म र संस्कृतिप्रति सम्मान आफ्नो मूल मूल्य भएको बताए। उनले मधेस प्रदेशका मधेसी समुदायको हक–अधिकारका लागि विशेषगरी बारा क्षेत्र नम्बर ४ मा स्थानीय तहदेखि प्रदेश सरकार हुँदै केन्द्रीय सरकारसम्म बुलन्द आवाज उठाउँदै आएको दाबी गरे।
किसान श्रेष्ठले आगामी दिनमा पनि क्षेत्रका जनताको समस्या समाधान र समावेशी विकासका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। युवाहरूको बढ्दो सहभागिताले बारा–४ मा एमालेप्रतिको जनसमर्थन थप मजबुत बन्दै गएको देखिएको छ।
निर्वाचनको मुखमा युवाको आकर्षण बढ्दै, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश


