पर्सा जिल्ला क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङटा लामो समयदेखि पार्साका जनतासँग सुख–दुःखमा साथ दिँदै आएका नेता हुन्। स्थानीय तहदेखि व्यक्तिगत समस्यासम्म जनताको आवाज सुन्दै सहयोग गर्दै आएको कारण उहाँप्रति जनविश्वास बढ्दै गएको देखिन्छ।
लालपर्सा क्षेत्रका स्थानीय रमेश यादवले भने, “सबै नेतालाई हेरिसक्यौँ। यसपालि अनिल रुङटालाई जिताउनुपर्छ। उहाँले हामीलाई सधैं, जहिले पनि सुख–दुःखमा सहयोग, सपोर्ट र साथ दिनुहुन्छ। हामीलाई रुङटा जस्तै नेता चाहिएको छ।”
स्थानीयवासीहरूका अनुसार जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने, आवश्यकता पर्दा अघि बढ्ने र भरोसालायक नेतृत्व देखाएकै कारण अनिल रुङटा यसपटक पर्सा–१ मा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।
सुख–दुःखमा साथ दिने नेता अनिल रुङटा : पर्सामा जनविश्वास बलियो


