बारा–४ मा किसान श्रेष्ठको लहर : युवादेखि वृद्धसम्म जनसमर्थन व्यापक
मनोज शाह जितपुर बारा माघ १२ गते
बारा जिल्ला क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री किसान श्रेष्ठलाई जिताउन स्थानीय तहमा सक्रियता बढेको छ। स्थानीय युवा विनोद रौनियारका अनुसार अहिलेको अवस्थामा किसान श्रेष्ठ नै जनताको मन र मस्तिष्कमा बसेका एकमात्र उम्मेदवार हुन्।
जितपुरस्थित शान्तिटोला खेलमैदानमा स्थानीयहरूसँग भेटघाट गर्ने क्रममा किसान श्रेष्ठले युवाहरू, महिलाहरू, वृद्धवृद्धा र खेलाडीहरूसँग विशेष संवाद गरे। भेटका क्रममा स्थानीय महिलाहरूले इमान्दार र वफादार कामले चिनिने किसान श्रेष्ठलाई नै भोट दिने प्रतिबद्धता जनाए। सुकुन्तली देवीले भनिन्, “हामीले पहिला पनि किसान श्रेष्ठलाई जिताएका हौँ, यसपालि पनि जिताउँछौं। यस भेगमा उहाँजस्तो स्पष्ट बोल्ने नेता कोही छैन।
विश्रामपुर गाउँपालिकाका स्थानीय उमेश कुशवाहाका अनुसार गाउँमा किसान श्रेष्ठलाई करिब ९० प्रतिशत मत आउने अनुमान छ।हाम्रो गाउँमा सबैले किसान श्रेष्ठलाई नै भोट दिने योजना बनाएका छौं उनले भने। त्यसैगरी पर्सौनी गाउँपालिकाका शंकर यादवले पनि किसान श्रेष्ठ जस्तो नेता क्षेत्रका लागि अरू कोही नभएको बताए।
युवा, महिला, व्यापारी, वृद्धवृद्धा र खेलाडी—सबै वर्गमा लोकप्रियता बढ्दै गएको किसान श्रेष्ठको लहर बारा–४ मा सबैभन्दा अगाडि देखिएको छ।
बारा–४ मा किसान श्रेष्ठको लहर : युवादेखि वृद्धसम्म


