जितपुरमा जनआशीर्वाद अभियान : श्यामबाबु गुप्ताले बाबाहरूबाट लिए आशीर्वाद

oplus_0

जितपुरमा जनआशीर्वाद अभियान : श्यामबाबु गुप्ताले बाबाहरूबाट लिए आशीर्वाद

स्पर्श खबर जितपुर बारा माघ ११ गते:
नेपाली कांग्रेस पार्टीका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार श्यामबाबु गुप्ताले आज जितपुर क्षेत्रमा रहेका बाबाहरूसँग भेटघाट गर्दै आशीर्वाद लिनुभएको छ। निर्वाचन अभियानको क्रममा उहाँले धार्मिक तथा सामाजिक अगुवाहरूसँग संवाद गर्दै क्षेत्रको समृद्धि र जनताको हितका लागि सहयोग र सद्भावको कामना गर्नुभएको हो।
भेटका क्रममा श्यामबाबु गुप्ताले बारा–४ को विकास, सामाजिक एकता र शान्तिपूर्ण वातावरण निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता रहने बताउँदै सबैको आशीर्वाद र साथ आवश्यक रहेको उल्लेख गर्नुभयो। बाबाहरूले पनि लोकतन्त्रको सुदृढीकरण र जनसेवामा समर्पित नेतृत्वको कामना गर्दै उम्मेदवार गुप्तालाई शुभकामना तथा आशीर्वाद प्रदान गर्नुभएको थियो।