बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह

बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह

मनोज शाह जितपुर बारा पुस २३ गते।
वि.सं. २०३८/७/११ गते जन्मिएकी ज्वालाकुमारी साहको जीवन राजनीतिक संघर्ष, त्याग र निरन्तर समर्पणले भरिएको छ। कम्युनिष्ट आन्दोलनमा सक्रिय बुवा–आमाको काखमै हुर्किएकी साहको नामसमेत वीरगञ्ज कारागारमै राखिएको इतिहास छ।

विद्यार्थी संगठन निर्माणदेखि जेल जीवनसम्म भोगेका बुवाको संघर्षले उहाँलाई सानै उमेरदेखि राजनीतिक चेतना, अनुशासन र साहस सिकाएको देखिन्छ।
राजनीतिक चेतना परिपक्व हुँदै जाँदा उहाँ २०५४ सालमा माओवादी आन्दोलनमा संगठित हुनुभयो। त्यसपछि निरन्तर जिम्मेवारी सम्हाल्दै नेतृत्वका महत्वपूर्ण तहमा पुग्न सफल हुनुभयो।


२०५६ सालमा विद्यार्थी जिल्ला कोषाध्यक्ष,
२०५७ सालमा महिला जिल्ला अध्यक्ष,
२०६३ सालमा पार्टी जनपरिषद् केन्द्रीय सदस्य,
२०६४ सालमा संविधान सभा सदस्य बन्नुभयो।
राज्य सञ्चालनको तहमा पनि उहाँको भूमिका प्रभावशाली रह्यो।


२०६७ सालमा भूमिसुधार राज्यमन्त्री,
४ महिना १५ दिन पर्यटन राज्यमन्त्री,
१ महिना १५ दिन महिला केन्द्रीय उपाध्यक्ष,
२०७० सालमा पार्टी केन्द्रीय सदस्य,
२०७२ सालमा पोलिटब्युरो सदस्य तथा पर्सा–बारा जिल्ला पार्टी इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभयो।
२०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भइन्।
पछि २०७७ सालमा प्रदेश सभा सदस्य पद त्याग गरी महान नेता केपी शर्मा ओलीको अभियानमा समर्पित भएपछि उहाँ मधेस प्रदेशको पहिलो पार्टी अध्यक्ष बन्न सफल हुनुभयो।


त्यसपछि
१३ दिन पूर्ण कृषि मन्त्री,
१०औँ महाधिवेशनपछि पुनः पोलिटब्युरो सदस्य,
मधेस प्रदेश पार्टी सह–इन्चार्ज,
२०८९ सालमा कुनै तालमेल बिना प्रतिनिधि सभा सदस्यमा सिधै विजयी,
पुनः ४२ दिन कृषि मन्त्री,
त्यसपछि ३ महिना २७ दिन गरी तीनपटक कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो।


हाल उहाँ बारा जिल्ला इन्चार्जका रूपमा सक्रिय रहनुका साथै मास्टर डिग्रीको अन्तिम चरणमा अध्ययनरत हुनुहुन्छ। उहाँको स्थायी घर जितपुर सिम्रा उपमहानगरपालिका–१६, पिलुवामा रहेको छ।
मधेसी मूलकी एक सशक्त महिला नेतृका रूपमा ज्वालाकुमारी साह आज केवल राजनीतिक पदमा सीमित छैनन्। उहाँ महिला, युवा, पुरुष, खेलकुद क्षेत्रका युवाहरू लगायत सबै समुदायमा लोकप्रिय नेतृका रूपमा परिचित हुनुहुन्छ।


हाल उहाँ बारा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुनुभएको छ। लामो राजनीतिक अनुभव, स्पष्ट दृष्टिकोण र जनआधारका कारण ज्वालाकुमारी साहलाई सबैभन्दा सबल उम्मेदवारका रूपमा हेरिएको छ।
संघर्षबाट नेतृत्वमा पुगेकी उहाँको यात्रा आजको पुस्तामात्र होइन, भविष्यका पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ।