पर्सा–३ मा तेज प्रकाश निषाद सबल उम्मेदवार, युवामाझ लोकप्रिय नेता
मनोज शाह जितपुर बारा पुष २२ गते
पर्सा जिल्लाको पकाह मैनपुर गाउँपालिका वडा नं. १, धोरे निवासी तेज प्रकाश निषाद (जन्म मिति २०३७ साल ५ महिना १४ गते) विगत १० वर्षदेखि निरन्तर नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका छन्।

हाल उनी नेकपा एमालेका मधेस प्रदेश सदस्यका रूपमा कार्यरत छन्।
पार्टी नजिकको संगठन ओबिसी (OBC) का केन्द्रीय अध्यक्षसमेत रहेका निषादले नेकपा एमालेका विभिन्न कार्यक्रम तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनका स्पष्ट, ओजपूर्ण र मुद्दामुखी भाषणका कारण उनी युवामाझ विशेष रूपमा लोकप्रिय बनेका छन्।

नेकपा एमाले पार्टीको पर्सा जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधि सभाका लागि तेज प्रकाश निषादलाई सबल उम्मेदवारका रूपमा हेरिएको छ। स्थानीय पकाह मैनपुर–धोरेका आस्थानी युवा रामचन्द्र महतोका अनुसार निषाद क्षेत्रमै परिचित, जनसम्पर्कमा अब्बल र संगठन निर्माणमा अनुभवी नेता हुन्।

स्थानीय स्तरदेखि प्रदेशसम्मको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र युवासँगको बलियो सम्बन्धका कारण तेज प्रकाश निषाद पर्सा–३ मा नेकपा एमालेका लागि बलियो आशा बनेका छन्।


