गलत र भ्रामक समाचारप्रति ज्वाला शाहको आपत्ति, कारबाहीको माग
स्पर्श खबर जितपुर बारा पुस २१ गते:
नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य ज्वाला शाहले आफूविरुद्ध गलत समाचार सम्प्रेषण गर्दै पार्टी छोड्दैछु भन्ने भ्रामक प्रचार गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्ता निराधार र कपोलकल्पित समाचार फैलाउने अनलाइन तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्पर्श खबरसँगको कुराकानीमा नेता शाहले केही बदमास तत्वहरूले जानाजानी आफूलाई बदनाम गर्ने उद्देश्यले झुटा समाचार सम्प्रेषण गरेको बताए। “मैले पार्टी छोड्दैछु भन्ने कुरा पूर्ण रूपमा गलत र भ्रामक हो। यस्ता समाचारको कुनै आधार छैन,” उनले स्पष्ट पारे।
उनले यस्ता गलत मिडिया सामग्रीहरूमा विश्वास नगर्न आम जनता, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक अनुरोधसमेत गरे। साथै, प्रेस स्वतन्त्रताको दुरुपयोग गर्दै भ्रम फैलाउने कार्य लोकतन्त्र र पत्रकारिताको मर्यादाविपरीत भएको उनको भनाइ छ।
नेता शाहले जिम्मेवार पत्रकारिता र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गर्दै गलत समाचार फैलाउनेहरूमाथि कानुनी कारबाही आवश्यक रहेको


