बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए

बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए

स्पर्श खबर जितपुर बारा पुस २१ गते:
आगामी फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को नाम प्रतिनिधि सभा सदस्यका लागि बलियो उम्मेदवारका रूपमा अगाडि आएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका वर्तमान जनप्रतिनिधि मेयर राजन पौडेल र वडा अध्यक्ष ईश्वर केसीले अहिलेको राजनीतिक अवस्था ‘जेन–जी’ (Gen-Z) को भावना बुझ्ने, युवालाई साथमा लिन सक्ने र सबै वर्ग–समुदायलाई समेट्न सक्ने नेतृत्वको खाँचो रहेको बताएका छन्।

उनीहरूका अनुसार तल्लो तहदेखि माथिल्लो तहसम्मका कार्यकर्तालाई एकजुट बनाएर लैजान सक्ने क्षमता र सबैलाई मिलाउन सक्ने व्यक्तित्व क्षेत्र बहादुर श्रेष्ठमै देखिन्छ।
किन क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवार?
जनस्तरको पहिचान:
चुरेको फेदीदेखि भारतीय सिमानासम्मका जनताको घरदैलोमा पुगेर राजनीति र समाजसेवामा सक्रिय रहँदै आएका श्रेष्ठ जनस्तरमा राम्रोसँग परिचित नेता हुन्। उनले आफ्नो जीवन नै जनताको सेवामा समर्पित गरेको समर्थकहरूको भनाइ छ।


ऐतिहासिक पृष्ठभूमि:
१२ वर्षे जनयुद्धका पूर्व लडाकु तथा ‘जनकमाण्डर’को भूमिकामा समेत रहेका श्रेष्ठको पार्टीभित्र मात्र होइन, पार्टीबाहिर पनि प्रभावशाली पकड रहेको देखिन्छ।
एकताको प्रतीक:
पार्टीभित्र छरिएका शक्ति, युवापुस्ताको मर्म र अनुभवी कार्यकर्ताको भावना जोड्न सक्ने साझा पात्रका रूपमा श्रेष्ठलाई हेरिएको छ। यस कारण उनी पार्टीभित्र एकताको प्रतीक बन्दै गएका छन्।
प्रतिस्पर्धी क्षमता:
यदि पार्टीले उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेमा, फागुन २१ को निर्वाचनमा उनी मुख्य र बलिया प्रतिस्पर्धीका रूपमा उभिने निश्चितजस्तै देखिएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।
विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सक्रिय रूपमा उपस्थित हुँदै आएका श्रेष्ठले आफ्ना दमदार भाषणमार्फत जनताको मन जित्दै अगाडि बढिरहेको देखिन्छ। बारा जिल्लाको चुरिया फेददेखि भारतको सीमावर्ती क्षेत्रसम्म जनजनमा बस्ने नेता अनिल श्रेष्ठलाई सबैले चिनेका छन्,” विश्रामपुरका स्थानीय रमेश शाहले बताए।
चुनावी मिति नजिकिँदै जाँदा बारा–४ मा क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को उम्मेदवारीले राजनीतिक माहोल अझ तातिने संकेत देखिएको छ।