नेकपा (एमाले) बारा–४ प्रतिनिधि सभा उम्मेदवार सिफारिस, किशान श्रेष्ठसहित तीन जनाको नाम अगाडि
मनोज साह जितपुर बारा पुस १९ गते:
नेकपा (एमाले) बारा जिल्ला क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनका लागि तीन जना कमरेडहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।
सिफारिस हुनेमा केन्द्रीय कमिटी सदस्य किशान श्रेष्ठ, अमर यादव र सीता गुरुङ रहेका छन्। पार्टी संगठनलाई मजबुत बनाउँदै जनआधार विस्तारमा सक्रिय भूमिका खेलेका नेताहरूलाई समेटेर उम्मेदवार सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा सहभागी नेताहरूले बारा–४ मा पार्टीको पकड बलियो रहेको र एकताबद्ध भएर निर्वाचनमा होमिएमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, कार्यक्रम र उपलब्धिलाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने रणनीतिबारे पनि छलफल गरिएको थियो।
अब सिफारिस भएका नामहरूबारे नेकपा (एमाले) केन्द्रीय कमिटीले अन्तिम निर्णय गर्ने जनाइएको छ।


