जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोड

जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोड
मनोज साह जितपुर बारा पुस १७ गते:
जनमत पार्टी बारा जिल्लाको आयोजनामा तथा जिल्ला इन्चार्ज शिवनाथ पटेलको अगुवाइमा यस वर्ष पनि धोती दिवस मनाइएको छ। हरेक वर्ष निरन्तर रूपमा मनाउँदै आएको यस कार्यक्रममा बारा जिल्लाका विभिन्न वडा परिक्रमा गर्दै सहभागीहरू भरत चोकमा भेला भएका थिए।
विभिन्न वडाबाट सुरु गरिएको धोती परिक्रमा भरत चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै जनमत पार्टी बारा जिल्ला इन्चार्ज शिवनाथ पटेलले आफ्नो धर्म, संस्कार र पहिचानलाई जोगाउन तथा भावी पुस्तामा हस्तान्तरण गर्न धोती दिवस मनाइएको बताए।
उनले भने, “धोती हाम्रो सांस्कृतिक पहिचान हो। आधुनिकताको नाममा आफ्नै संस्कृति भुल्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको संरक्षण र प्रवर्द्धनका लागि हरेक वर्ष यो कार्यक्रम गर्दै आएका छौं।”
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। धोती दिवसले मधेसको मौलिक पहिचान, संस्कृति र परम्पराप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।