नेकपा एमाले–कांग्रेसको साझा उम्मेदवार किसान श्रेष्ठ, बारा–४ मा संयुक्त प्रबल सम्भावना
मनोज साह जितपुर बारा पुस १५ गते:
आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबीच बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा साझा उम्मेदवारको विषयमा सहमति जुट्ने संकेत देखिएको छ। विश्वसनीय स्रोतका अनुसार पूर्वमन्त्री किसान श्रेष्ठलाई बारा–४ बाट दुवै दलको संयुक्त उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
राजनीतिमा लामो अनुभव बोकेका किसान श्रेष्ठ यसअघि विभिन्न जिम्मेवारी सम्हाल्दै सरकारमा समेत काम गरिसकेका नेता हुन्। स्थानीय स्तरमा राम्रो पहुँच र संगठनात्मक पकड भएका श्रेष्ठलाई साझा उम्मेदवार बनाएमा चुनाव जित्ने सम्भावना उच्च रहेको दुवै दलका नेताहरूको विश्लेषण छ।
एमाले–कांग्रेसबीचको सहकार्यले बारा–४ मा चुनावी समीकरण नै परिवर्तन हुने आँकलन गरिएको छ। क्षेत्रका मतदातामाझ विकास, स्थायित्व र सहकार्यको सन्देश दिन साझा उम्मेदवार उपयोगी हुने भन्दै शीर्ष तहमा सकारात्मक छलफल भइरहेको बताइन्छ।
यद्यपि औपचारिक घोषणा भने दुवै दलका केन्द्रिय नेतृत्वबाट हुन बाँकी छ। घोषणा भएसँगै बारा–४ को राजनीतिक माहोल थप तातिने र अन्य दलहरूका लागि कडा चुनौती खडा हुने देखिएको छ।


