जितपुरमा हिरो मोटरसाइकलको चेन्ज अफर सुरु, ६ दिनसम्म चल्ने

जितपुरमा हिरो मोटरसाइकलको चेन्ज अफर सुरु, ६ दिनसम्म चल्ने

मनोज साह जितपुर बारा पुस १० गते
जितपुरमा हिरो मोटरसाइकलको चेन्ज अफर (एक्सचेन्ज क्याम्प) आजदेखि सुरु भएको छ। आजदेखि लगातार ६ दिनसम्म चल्ने उक्त अफरमा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल ल्याएर हिरो कम्पनीको नयाँ मोडलको मोटरसाइकल लिएर जान सक्ने व्यवस्था गरिएको छ।
चेन्ज अफरअन्तर्गत हिरोका नयाँ मोडल, नयाँ प्रविधि र आधुनिक डिजाइनका मोटरसाइकलहरू विशेष सुविधासहित उपलब्ध गराइएका छन्। पुरानो मोटरसाइकलको उचित मूल्यांकन गरी नयाँ मोटरसाइकल खरिदमा सहुलियत प्रदान गरिने आयोजकले जनाएको छ।
हिरो चेन्ज अफरका सञ्चालक मतोस कलवार अनुसार ग्राहकको आवश्यकता र रुचिअनुसार विभिन्न मोडलका मोटरसाइकलहरू उपलब्ध छन्। “नयाँ उद्योग, नयाँ मोडल र नयाँ तरिकाको हिरो मोटरसाइकल ग्राहकसम्म पुर्‍याउने उद्देश्यले यो चेन्ज अफर सञ्चालन गरिएको हो,” उनले बताए।
जितपुर तथा आसपासका मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको यस अफरले पुरानो गाडी साटेर नयाँ, गुणस्तरीय र आधुनिक हिरो मोटरसाइकल लिन चाहनेहरूका लागि राम्रो अवसर बनेको आयोजकको भनाइ छ।