फागुन २१ को निर्वाचन बहिष्कार गर्दै गौरव नेतृत्वको माओवादीद्वारा दुईदिने नेपाल बन्दको घोषणा
मनोज साह जितपुर बारा पुस १० गते:
गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले फागुन २१ गते हुने भनिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सोही क्रममा पार्टीले दुई दिन देशव्यापी नेपाल बन्दको घोषणा गरेको हो।
पार्टीद्वारा जारी विज्ञप्तिमा वर्तमान निर्वाचन प्रक्रिया जनताको हितविपरीत रहेको दाबी गर्दै यसलाई अस्वीकार गर्नुपर्ने बताइएको छ। माओवादीले निर्वाचनमार्फत जनताको वास्तविक प्रतिनिधित्व हुन नसक्ने र राज्यसत्ताले दमनकारी नीति अपनाइरहेको आरोप लगाएको छ।


