युवा नेता भण्डारीको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि समाजसेवाको बलियो पहिचानसम्म

युवा नेता भण्डारीको राजनीतिक यात्रा : विद्यार्थी राजनीतिदेखि समाजसेवाको बलियो पहिचानसम्म

स्पर्श खबर जितपुर बारा पुष ६ गते
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा २०५७ सालमा अध्ययनरत रहँदै नेपाली विद्यार्थी संघ (नेवि संघ) को राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता भण्डारी नेपाली कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन्।

त्यस समयका नेपाली कांग्रेसका अत्यन्त प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काबाट प्रभावित भएर उनी कांग्रेस पार्टीतर्फ आकर्षित भएका हुन्।
भण्डारी नेपाली कांग्रेसको भातृ संगठन तरुण दल उनी समाजमा एक बौद्धिक, मिलनसार र सबैसँग सहज रूपमा घुलमिल हुने व्यक्तित्वका रूपमा चिनिन्छन्। सबैले रुचाउने स्वभाव र सकारात्मक सोचका कारण उनले समाजमा छुट्टै किसिमको असल पहिचान बनाउन सफल भएका छन्।
राजनीतिसँगै समाजसेवामा पनि सक्रिय भण्डारीले आगामी दिनमा राजनीति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय फड्को मार्ने विश्वास उनीसँग नजिकबाट चिनजान भएकाहरू व्यक्त गर्छन्।
भण्डारीको जन्म २०४२ साल श्रावण ३१ गते बिरुवा गुठी–१ (हाल पर्सागढी–०३) मा भएको हो। हाल उनी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरमा बसोबास गर्दै आएका छन्। राजनीतिमा निरन्तर सक्रियता र समाजप्रतिको जिम्मेवारीका कारण भण्डारीलाई भविष्यका आशालाग्दा युवा नेताको रूपमा हेरिएको छ।