मधेस प्रदेशमा आम जनता पार्टीमा प्रवेशको लहर
स्पर्श खबर जितपुर बारा पुष ५ गते
मधेस प्रदेशमा आम जनता पार्टीप्रति आकर्षण बढ्दै गएको छ। जनमत पार्टीका कार्यकारिणी सदस्य सुनील यादव, केन्द्रीय सदस्यहरू सियाराम जयसवाल र बिनोद यादवसहित बारा जिल्लाका विभिन्न पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले आज औपचारिक रूपमा आम जनता पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई आम जनता पार्टीका केन्द्रीय अध्यक्ष माननीय प्रभु साहले माला र अवीर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।
मधेस प्रदेश आम जनता पार्टीका अध्यक्ष उमेश कुशवाका अनुसार पछिल्लो समय मधेस प्रदेशभर आम जनता पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। उहाँले जनताको अधिकार, सुशासन र मधेसको समग्र विकासका लागि आम जनता पार्टी प्रभावकारी विकल्प बन्दै गएको दाबी गर्नुभयो।
कार्यक्रममा सहभागी नेताहरूले आम जनता पार्टीको नीति, विचार र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताउँदै आगामी दिनमा संगठन विस्तार र जनताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।


