पर्सा राष्ट्रिय निकुञ्ज आधाभार क्षेत्रमा हरिण मृत अवस्थामा फेला
स्पर्श खबर जितपुर बारा पुस ५ गते
पर्सा राष्ट्रिय निकुञ्जको आधाभार क्षेत्रमा एक हरिण मृत अवस्थामा फेला परेको छ। शनिबार साँझ करिब ५ बजेको समयमा हरिण हाइवे रोडमै मरेको अवस्थामा देखिएको स्थानीयवासीले बताएका छन्।
यस विषयमा पर्सा राष्ट्रिय निकुञ्ज आधारभार कार्यालयका सूचना अधिकारी सन्तोष भगतसँग जानकारी लिँदा उनले आफूलाई यस घटनाबारे जानकारी नभएको बताए। “अहिलेसम्म औपचारिक जानकारी आएको छैन,” उनले भने।
स्थानीयका अनुसार हाइवे क्षेत्रमा वन्यजन्तु आवतजावत भइरहने भएकाले सवारी साधनको ठक्करबाट हरिणको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। तर मृत्युको वास्तविक कारण भने पुष्टि हुन बाँकी रहेको छ।


