प्रेस सेन्टर नेपाल बारा शाखाका सदस्य तथा अग्रज पत्रकार फैजुल्लाह आलमको निधनप्रति शोक

प्रेस सेन्टर नेपाल बारा शाखाका सदस्य तथा अग्रज पत्रकार फैजुल्लाह आलमको निधनप्रति शोक

स्पर्श खबर जितपुर बारा पुस ४ गते: प्रेस सेन्टर नेपाल बारा शाखाका सदस्य तथा अग्रज पत्रकार फैजुल्लाह आलमको असामयिक निधनप्रति नेपाल प्रेस सेन्टर, बारा परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश कुमार यादवद्वारा जारी शोक विज्ञप्तिमा पत्रकार आलमको निधनले सम्पूर्ण पत्रकारिता क्षेत्र मर्माहत भएको उल्लेख गरिएको छ। समाजका यथार्थ, पीडा र परिवर्तनका आवाजलाई आफ्ना समाचारमार्फत जीवन्त रूपमा उजागर गर्दै आउनुभएका आलम एक निष्ठावान्, कर्मठ र समर्पित पत्रकार रहेको विज्ञप्तिमा उल्लेख छ।

उहाँको निधनले पत्रकारिता क्षेत्रले एक कुशल पत्रकार मात्र होइन, सत्यनिष्ठ र जिम्मेवार पत्रकारिताका एक असल प्रतिनिधि गुमाएको विज्ञप्तिमा जनाइएको छ।

यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा समग्र पत्रकार समुदायप्रति नेपाल प्रेस सेन्टर, बारा परिवारले गहिरो समवेदना व्यक्त गरेको छ।