स्पर्श खबर जितपुर बारा पुस ४ गते:
बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि श्यामबाबु गुप्ताको नाम सिफारिस

बारा जिल्लाका चर्चित युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २, सिम्रा निवासी गुप्ताको जन्म वि.सं. २०४१ साल तिनौँ महिना १ गते भएको हो।

वि.सं. २०५९ सालदेखि निरन्तर राजनीतिमा सक्रिय गुप्ताले तरुण दल हुँदै नेपाली कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका हुन्। पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेलेका उनी नेपाली कांग्रेस जितपुर सिम्रा उपमहानगरपालिकाको नगर कमिटी अध्यक्ष समेत भइसकेका छन्।

बारा जिल्लाका विभिन्न संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा अग्रसर गुप्ता समाजसेवी अग्रज नेताका रूपमा परिचित छन्। संगठन निर्माण, जनसम्पर्क र जनहितका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका उनी हाल नेपाली कांग्रेसको केन्द्रीय महासमिति सदस्यसमेत रहेका छन्।

लोकतान्त्रिक अधिकार र राजनीतिक परिवर्तनका पक्षमा वि.सं. २०६१ सालमा जोडदार आवाज उठाउँदा गुप्ता जेलसमेत परेका थिए। त्यस समयदेखि हालसम्म पार्टी र जनताको पक्षमा निडर रूपमा उभिँदै आएका उनको प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस हुनु बारा जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसका प्रतिनिधिमा ७ जनासमेत नाम सिफारिस भएको छ। ति सात जनामध्ये एक नम्बरमा श्यामबाबु गुप्ताको नाम सिफारिस भएको हो।


