स्पर्श खबर जितपुर बारा पुस ४ गते:
नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि भोजराज भट्टराईकाे नाम सिफारिस
बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज भट्टराई नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिबाट बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिसमा परेका छन्। लामो समयदेखि राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय भट्टराई पार्टीभित्र अनुभवी तथा प्रतिबद्ध नेताका रूपमा परिचित छन्।
वि.सं. २०२५ सालमा जन्मिएका भण्डारीले वि.सं. २०४१ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनका राजनीतिक गुरु सुरेन्द्र चौधरी रहेका छन्। चौधरीको मार्गदर्शनमा रहँदै उनले संगठन निर्माण, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवामा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
विद्यार्थी राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय भण्डारीले समाजका विविध समस्या, जनताको आवाज र समसामयिक मुद्दाहरूलाई उजागर गर्दै आएका छन्। पत्रकारिता र राजनीतिलाई समानान्तर रूपमा अघि बढाउँदै आएका उनले सत्य, निष्पक्षता र जनपक्षीय भूमिकालाई आफ्नो प्राथमिकता बनाएका छन्।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्ताहरूले भट्टराईको अनुभव, निष्ठा र निरन्तर सक्रियतालाई उच्च मूल्याङ्कन गर्दै प्रतिनिधिसभा सदस्यका लागि उनको उम्मेदवारी उपयुक्त हुने विश्वास व्यक्त गरेका छन्। नाम सिफारिससँगै आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने अपेक्षा गरिएको छ।


