रामवन एकादशी समूहद्वारा धौसी भैलोबाट सङ्कलित रकमले स्थानीय छठघाटको मर्मत–सम्भार सम्पन्न

रामवन एकादशी समूहद्वारा धौसी भैलोबाट सङ्कलित रकमले स्थानीय छठघाटको मर्मत–सम्भार सम्पन्न

स्पर्श खबर जितपुर बारा पुस ३ गते:

। रामवन एकादशी समूहले धौसी भैलो कार्यक्रमबाट सङ्कलन गरिएको रकम प्रयोग गरी स्थानीय छठघाटको मर्मत तथा सम्भार कार्य सम्पन्न गरेको छ। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको छठघाटमा धार्मिक तथा सांस्कृतिक आस्थालाई संरक्षण गर्ने उद्देश्यले उक्त कार्य गरिएको हो।

कार्यक्रम जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ६ की वडा सदस्य बुद्ध कुमारी अधिकारीको अगुवाइमा सम्पन्न भएको थियो। उहाँले धार्मिक स्थलहरूको संरक्षण र व्यवस्थित विकासमा स्थानीय समुदायको सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै रामवन एकादशी समूहको पहल प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

छठ पर्वजस्ता महत्वपूर्ण धार्मिक अवसरमा श्रद्धालुहरूलाई सहजता र सुरक्षासहित पूजा–अर्चना गर्न सकिने वातावरण बनाउने उद्देश्यले छठघाटको सरसफाइ, संरचना सुधार तथा आवश्यक मर्मत कार्य गरिएको जनाइएको छ।

स्थानीयवासीहरूले समुदायको सक्रिय सहभागिताबाट सम्पन्न भएको यस कार्यले धार्मिक स्थलप्रतिको जिम्मेवारी र एकताको भावना अझ मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।