ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी

ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी

मनोज साह जितपुर बारा मंसिर २९ गते:

नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत ईश्वर पोख्रेल समूहबाट केन्द्रीय आदिवासी जनजाति खुल्ला महिला सदस्य पदका लागि चयन गुरुङले उम्मेदवारी दर्ता गराएकी छन्।

बारा जिल्लामा विभिन्न सामाजिक सङ्घसंस्थामार्फत लामो समयदेखि सक्रिय रहँदै आएकी गुरुङ समाजसेवा, महिला सशक्तीकरण तथा समुदाय विकासका क्षेत्रमा परिचित नाम हुन्। उहाँले शिक्षा, स्वास्थ्य, महिला तथा युवाका सवाललाई प्राथमिकतामा राख्दै निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ।

जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष चैन गुरुङ सहितको परिवारिक तथा राजनीतिक पृष्ठभूमि रहेकी चयन गुरुङ स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहनुभएको छ।

वृद्ध, युवा तथा महिला सबै वर्गमा लोकप्रिय छवि बनाएकी गुरुङको उम्मेदवारीले आदिवासी जनजाति महिलाको प्रतिनिधित्व सशक्त हुने अपेक्षा गरिएको छ। पार्टीभित्र समावेशिता, संगठन विस्तार र जनतासँगको सम्बन्ध मजबुत बनाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।