केपी ओली समूहबाट बारा जिल्लाकी चर्चित महिला नेत्री सीता सुवेदी केन्द्रीय खुला महिला सदस्यमा उम्मेदवार
मनाेज शाह जितपुर बारा मंसिर २९ गते:
बारा जिल्लाकी चर्चित तथा सक्रिय महिला नेत्री सीता सुवेदीले नेकपा एमाले पार्टीको केन्द्रीय खुला महिला सदस्य पदमा केपी शर्मा ओली समूहबाट उम्मेद्वारी दर्ता गराएकी छन्। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, महिला सशक्तीकरण तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी सुवेदीको उम्मेद्वारीलाई जिल्लादेखि केन्द्रसम्म सकारात्मक रूपमा हेरिएको छ।
पार्टीभित्र अनुशासित, जुझारु र स्पष्ट वक्ताको रूपमा परिचित सुवेदीले एमालेको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन निरन्तर योगदान दिँदै आएकी छन्। बारा जिल्लामा संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेकी उनले महिला तथा युवालाई राजनीतिमा सक्रिय बनाउन विशेष पहल गर्दै आएकी छन्।
केन्द्रीय खुला महिला सदस्यमा उम्मेद्वारी दिएसँगै सुवेदीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई अझ समावेशी, बलियो र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनका समर्थक तथा शुभेच्छुकहरूले केपी ओली समूहबाट अघि सारिएकी सुवेदीको उम्मेद्वारीले पार्टी नेतृत्वमा महिलाको प्रभावकारी उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।


