केपी ओली फाइनल टिमबाट महिला मधेसी केन्द्रीय सदस्यमा ज्वाला शाहको उम्मेदवारी

केपी ओली फाइनल टिमबाट महिला मधेसी केन्द्रीय सदस्यमा ज्वाला शाहको उम्मेदवारी

मनोज साह जितपुर बारा मंसिर २९ गते:
नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी गठन प्रक्रियामा महिला मधेसी तर्फबाट केपी शर्मा ओली नेतृत्वको फाइनल टिमबाट ज्वाला शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

मधेस प्रदेशमा लामो समयदेखि पार्टी संगठन, सामाजिक सेवा तथा जनसम्पर्कमा सक्रिय रहँदै आउनु भएकी शाहलाई पार्टीभित्र एक सक्षम, इमान्दार र जनआधारित नेतृका रूपमा चिनिन्छ। केपी ओली समूहले समावेशी प्रतिनिधित्व, संगठन सुदृढीकरण र मधेसका महिला आवाजलाई सशक्त बनाउने उद्देश्यसहित उहाँको उम्मेदवारी अघि सारेको जनाएको छ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै ज्वाला शाहले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै एमाले पार्टीलाई अझ एकताबद्ध र बलियो बनाउने अभियानमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ। साथै, मधेसका महिला, युवा तथा पिछडिएका वर्गको हकहितका सवाललाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने उहाँको प्रतिबद्धता रहेको छ।

महाधिवेशनअन्तर्गत पुस १ गते हुने मतदानपछि केन्द्रीय सदस्यको अन्तिम निर्णय हुने जनाइएको छ।