बारा क्षेत्र नम्बर ४ का माननीय किसान श्रेष्ठ नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

oplus_0

बारा क्षेत्र नम्बर ४ का माननीय किसान श्रेष्ठ नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

मनाेज शाह जितपुर बारा मंसिर २९ गते:

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय किसान श्रेष्ठले नेकपा एमाले पार्टीको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा श्रेष्ठले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

लामो समयदेखि पार्टी संगठन निर्माण, जनसेवा तथा संसदीय अभ्यासमा सक्रिय रहँदै आएका माननीय श्रेष्ठलाई पार्टीभित्र एक कर्मठ, अनुशासित र जनमुखी नेताका रूपमा चिनिन्छ। उहाँले पार्टीलाई अझ बलियो, समावेशी र जनउत्तरदायी बनाउने उद्देश्यका साथ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ।

उम्मेदवारीपछि प्रतिक्रिया दिँदै माननीय श्रेष्ठले पार्टी नेतृत्वले जिम्मेवारी दिएमा संगठन सुदृढीकरण, जनताको विश्वास मजबुत बनाउने र नेकपा एमालेको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।

उहाँको उम्मेदवारीलाई बारा जिल्लासहित मधेस प्रदेशका नेता–कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन्। धेरैले उहाँको अनुभव, क्षमता र जनआधारलाई ध्यानमा राख्दै केन्द्रीय कमिटीमा पुग्नुपर्ने योग्य नेताको रूपमा समर्थन जनाइरहेका छन्।