मनाेज शाह जितपुर बारा मंसिर २९ गते:
पूर्व नगर उपप्रमुख सरस्वती चौधरी नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवार
जितपुर सिम्रा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वती चौधरीले नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ। पार्टीको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयन प्रक्रिया अगाडि बढिरहेका बेला उहाँको उम्मेदवारी दर्ता भएको हो।
लामो समयदेखि पार्टी संगठन र स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी चौधरी जनप्रतिनिधिका रूपमा जनसेवामा समर्पित रहनुभएको नेतृका रूपमा चिनिनुहुन्छ। उपमहानगर उपप्रमुख रहँदा विकास निर्माण, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सुशासनका सवालमा उहाँले उल्लेखनीय योगदान दिएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
महाधिवेशनमा चौधरीको उम्मेदवारीले मधेस प्रदेश तथा महिलाको प्रतिनिधित्व थप सशक्त हुने विश्वास पार्टीभित्र गरिएको छ। उहाँको उम्मेदवारीलाई लिएर जितपुर सिम्रा उपमहानगरपालिका तथा बारा जिल्लाका नेता–कार्यकर्ता उत्साहित देखिएका छन्।
नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनले आगामी दिनमा पार्टीको दिशा र रणनीति निर्धारण गर्ने भएकाले अनुभवी र जुझारु नेतृको रूपमा सरस्वती चौधरीको भूमिकालाई महत्वपूर्ण रूपमा हेरिएको छ।


