निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश

निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश

स्पर्श खबर जितपुर बारा मंसिर २६ गते:

बारा जिल्लावासीलाई लक्षित गर्दै स्थानीय युवा शशी दासले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको हालैको जिल्लास्तरीय भ्रमणप्रति कडा आक्रोश व्यक्त गरेका छन्। दासका अनुसार “निरीक्षण” को नाममा मन्त्री घिसिङ बारा आइपुगे पनि वास्तविक उद्देश्य भने आफ्नै पार्टीको सदस्यता वितरण र संगठन विस्तार रहेको बताइएको छ।

दासले आफ्नो फेसबुक स्टाटसमार्फत लेख्दै मन्त्रीले जनतालाई भ्रममा पारेको आरोप लगाएका छन्। उनका अनुसार जनताको समस्या सुन्नु, विकासको कामको स्थलगत अनुगमन गर्नुको साटो मन्त्रीले पार्टीगत गतिविधि प्राथमिकतामा राखेर जिल्लामा आएको गुनासो छ।

स्थानीयहरूबीच पनि यस विषयमा विभिन्न प्रतिक्रिया देखा परेका छन्। कतिपयले मन्त्रीको क्रियाकलापलाई सरकारी शक्तिको दुरुपयोग ठान्दै असन्तुष्टि जनाएका छन् भने केहीले यसलाई सामान्य राजनीतिक गतिविधिको निरन्तरता मात्र बताइरहेका छन्।