सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन
मनोज साह जितपुर बारा मंसिर २५ गते:
समुदायमा आधारित जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमिती सिमराको पुनर्गठन सहितको विशेष भेला सम्पन्न भएको छ। भेलाले शालिक रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरेको हो।

कार्यक्रममा मधेस प्रदेश सदस्य माननीय देवनारायण चौधरी, जनहित समितिका अध्यक्ष अमृतलाल श्रेष्ठलगायत व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूलाई माननीय चौधरीले खादा लगाई सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

भेलामा समुदाय स्तरमै चोरी तथा शिकारी नियन्त्रणमा युवाको सक्रिय भूमिकाको आवश्यकता र संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल गरिएको थियो।