जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

स्पर्श खबर जितपुर बारा मंसिर २५ गते:
आज बिहान करिब ०९:३० बजे बारा जिल्लाको कलैया उपमहानगरपालिका–२१ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–०७, जितपुर बजारस्थित रणजीत कलुवारको घरमा कोठा भाडामा बस्ने शिव शंकर कुशुवाहकी २१ वर्षीय श्रीमती रोशनी साह झुन्डिएको अवस्थामा फेला परेकी छिन्।

रोशनी साहले आफ्नै कोठाको भित्रबाट चुक्कुल लगाई, सुत्ने कोठामा रहेको पंखामा सलको पासो लगाई झुन्डिएको जानकारी जिल्ला प्रहरी कार्यालय बारा कन्ट्रोलमार्फत इलाका प्रहरी कार्यालय जितपुरलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुँदैै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा टोली खटिएको थियो। टोलीले घटनास्थललाई तत्काल सुरक्षित राखी प्रारम्भिक प्रक्रिया अगाडि बढाएको जानकारी प्रहरीले दिएको छ।

यसपछि तालुक प्रहरी कार्यक्षेत्र अनुसार इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा थप टोली समेत खटाई घटना सम्बन्धी विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनाका सबै पक्षमा सतर्कता अपनाइ सत्यतथ्य उजागर गर्ने कार्य तीव्रगतिमा चलिरहेको छ।